बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीमा विवाद : राष्ट्रिय महाधिवेशन आह्वान गर्न कार्की समूहको माग

मङ्गलबार, ०७ असार २०७९, १४ : ५०
मङ्गलबार, ०७ असार २०७९

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ । संगठनभित्रको विवादबारे स्पष्ट पार्न मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो ।  

कार्की समुहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो । उनीहरुले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटीको सदस्यहरुसँग पनि आफुहरुको माग पुर्याइसकेको जानकारी दिएका हुन् । कार्कीले सोचेको जति विद्यार्थी आन्दोलनले आजसम्म उपलब्धी हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितको लागि  काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखेका छन् ।  

जनता बाँच्न नसक्नेगरी बढेको महँगी र मूल्यवृद्धिका विषय उठान गर्नुपर्ने संगठन नै आज अराजक गतिविधिमा रुमलिएको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने बताए । लामो समयदेखि आफ्नो संगठनमा समस्या आइरहेको भन्दै आज अध्यक्ष पञ्चा सिंहको कारण झन् अप्ठ्यारोमा परेको सुनाए । २२औं राष्ट्रिय सम्मेलन गत वर्ष असोज १४ देखि १८ सम्म बबरमहलमा सम्पन्न भएको जानकारी दिँदै उक्त सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबरजस्ती निर्वाचित गरेको स्मरण गराए ।  उनले संगठनभित्र समस्याको सुरुवात २२औं  सम्मेलनबाट भएको र तेस्रो विस्तारित बैठकबाट भने सबै विवाद र लफडा छताछुल्ल भएको बताए । 

संगठनको २२औं सम्मेलनले एउटा अध्यक्ष निर्वाचित गरेर कुनै पदाधिकारी तोक्न नसकेकोमा आक्रोश पोख्दै उनले त्यतिबेला जबरजस्ती विधानविपरीत कमिटी घोषणा गरेको बताए । केन्द्रीय सदस्य बालकुमार केसीले संगठनले आयोजना गरेको २२औं राष्ट्रिय सम्मेलनको क्रममा बन्दसत्रको क्रममा समस्याको सुरुवात भएको  विषयको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको स्पष्ट पारेका छन् । 
अध्यक्ष सिंहले ३० वर्षदेखि लागेका विद्यार्थी नेताहरुलाई संगठनका नेतृत्वमा बर्जित गरेर तानाशाही व्यवहार देखाएको केसीको आरोप छ ।  

संगठनका पदाधिकारीहरुले राखेका जायज माग सम्बोधन नगरेर अध्यक्ष सिंहले उल्टै कारबाही गरेकोमा पनि उनले आक्रोश पोखे । उनले अध्यक्ष सिंहको नेतृत्वको टोलीले हल खाली गरेर साथीहरु पिटाएको र संगठनलाई अराजक गुण्डागर्दी शैलीमा लगेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप