५ बुँदे माग राख्दै हवाई सेवा कम्पनीहरु आन्दोलित, भोलिदेखि सेवा अवरुद्ध गर्ने घोषणा
मङ्गलबार, ०७ असार २०७९, १४ : २८
निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघ आन्दोलित भएको छ । सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध संघ आन्दोलनमा उत्रिएको हो ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गते (भोलि)देखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
यस्तो अवरोध संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालिन उद्धार सेवा समेत बन्द गर्ने चेतावनी संघले दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण