राष्ट्रिय सभागृहमा रविको क्रेज, तस्बिरहरु हेर्नुहोस्
मङ्गलबार, ०७ असार २०७९, १४ : १८

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।
पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक बस्ने उनको भनाई छ । २१ जनाको टिममा देशले चिनेको मान्छे नभई देशलाई चिन्ने मान्छे रहेको उनले बताए । हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
-
म्यानमारमा साताव्यापी ‘राष्ट्रिय शोक’
-
दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यही नै मेरो जित होः रवि लामिछाने
-
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी
-
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन