शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारलाई पनि पीडा भइरहेको छ – उद्योग मन्त्री बडू

मङ्गलबार, ०७ असार २०७९, १४ : १७
मङ्गलबार, ०७ असार २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारलाई पनि पीडा भइरहेको बताएका छन् । आज प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै मूल्य बढाउँदा सरकारलाई पीडा बोध भइरहेको बताएका हुन् ।

तर, मूल्यवृद्धि सरकारको रहन नभइ बाध्यता भएको मन्त्री बडूले बताए । अब आगामी आर्थिक वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमार्फत गर्ने तयारी भइरहेको उनको भनाइ छ । यसैगरी, यसअघि बनिरहेको नियमावलीका कारणले बजारमा रहेको स्टकबाट सरकारले घाटा व्यहोर्ने र लाभ मात्रै पम्पले लिने व्यवस्था छ ।

यसलाई संशोधन गरेर सही दिशामा ल्याउन पहल गर्ने समेत मन्त्री बडूले बताए । विगत लामो समयदेखि नेपाल आयल निगमको वित्तीय सुधारको आवश्यक्ता महशुस भएपनि अहिलेसम्म काम नभएको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप