शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभरी सबैभन्दा सुन्दर छ यी महिलाको अनुहार, विज्ञानले मान्यो !

मङ्गलबार, ०७ असार २०७९, १४ : १५
मङ्गलबार, ०७ असार २०७९

विश्वमा सबैभन्दा सुन्दर अनुहार कसको छ ? विज्ञानले यो प्रश्नको जवाफ दिएको छ । अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकी सबैभन्दा सुन्दर महिला हुन् । स्टेट अफ द आर्ट फेस म्यापिङ डाटाका अनुसार सुन्दरताको मामिलामा उनले किम कार्दासियन र बेलायती सुपरमोडल केस मोसलाई पनि पछि पारेकी छिन् ।

अनुहारको सुन्दरतालाई मापन गर्नका लागि ब्युटी फिको ग्रिक गोल्डेन रेश्योको प्रयोग गरिएको थियो । हज्जारौँ वर्षदेखि यसलाई परफेक्ट अनुहार मापनको सिक्रेट फर्मूला मान्ने गरिन्छ । यो फर्मूलामार्फत् ३६ वर्षकी एम्बरको अनुहार ९१.८५ प्रतिशत एक्युरेट छ भन्ने पत्ता लागेको छ ।

एम्बरको अनुहारको परीक्षण लण्डनका सर्जन डा. जुलियन डी सिल्वाले गरेका थिए । उनले यो परीक्षण लेटेस्ट फेसियल म्यापिङ टेक्निकमार्फत् गरिएको जानकारी दिएका थिए । तस्बिरमा उनको आँखा, आँखी भौँ, नाक, ओठ, चिउँडो, बंगारा र फेसियल सेप मापन गरियो । अनुहारको १२ वटा मार्कर पोइन्टलाई अनुसन्धान गरियो । एम्बरको अनुहार ग्रिक रेसियो अफ फीमा ९१.८५ प्रतिशत एक्युरेट छ ।

ग्रिक्सका अनुसार सबै प्राकृतिक कुरामा रेसियो हुन्छ । उनी भन्छन्, ‘विश्वको सबैभन्दा सुन्दर अनुहारको सिक्रेट फर्मूला पनि यसैमा छ ।’

लण्डनमा सेन्टर फर एडभान्स्ड फेसियल कस्मेटिक एन्ड प्लास्टिक सर्जरी चलाउने डा. जुलियन डी सिल्भाले भने, ‘हामी एउटा नयाँ कम्प्युटर म्यापिङ टेक्निकको प्रयोग गर्छौँ । यो प्रविधिमार्फत् हामीले सुन्दर अनुहारका केही रहस्यको खोजी गरेका छौँ ।’

यो प्रविधिमार्फत् किम कार्दासियनको अनुहारको पनि परीक्षण गरिएको छ । सुन्दरतामा उनी दोस्रो स्थानमा छिन् । उनको अनुहार ९१.३९ प्रतिशत एक्युरेट छ ।

यस्तै तेस्रो स्थानमा केट मोस छिन् । उनी बेलायती सुपरमोडल हुन् । उनको अनुहार ९१.०६ प्रतिशत एक्युरेट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप