महँगी बढेपछि रोल्स रोयसका कर्मचारीलाई ३ लाख बोनस
बेलायती कार निर्माता कम्पनी रोल्स रोयसले आफ्ना कर्मचारीलाई २ हजार पाउण्ड (३ लाखभन्दा बढी रुपैयाँ) बोनस दिने भएको छ । रुस–युक्रेन युद्धका कारणले विश्वभर बढिरहेको महँगीलाई मध्यनजर गर्दै रोयसले बोनस अफर गरेको हो ।
यसरी रोल्स रोयस आफ्ना १४ हजार कर्मचारीलाई उक्त बोनस वितरण गर्ने छ । खासगरी, बेलायतमा ह्वात्तै महँगी बढेपछि कम्पनीले आफ्ना कर्मचारीलाई बोनस वितरणको तयारी गरिरहेको समाचार संस्था बीबीसीले लेखेको छ ।
यो बोनसले तल्लोतहका व्यवस्थापक कर्मचारी र शोरुममा बस्ने कर्मचारीलाई बढी लक्षित गरिने छ । र, कम्पनीले यो रकम कर्मचारीलाई अगस्ट महिनाको तलब स्वरूप एकमुष्टरूपमा ३ हजार जना कर्मचारीलाई दिइने बताइएको छ । बाँकी ११ हजार कर्मचारीलाई भने उनीहरू आबद्ध युनियनको निर्णयपछि बोनस दिइने बताइएको छ ।
कम्पनीका प्रवक्ताले बढ्दो महँगीबाट कर्मचारीको जिवन यापन सहज बनाउनका लागि बोनस वितरण गर्न लागिएको बताए । प्रवक्ताले युनियनमा आबद्ध नभएका कर्मचारीलाई आगामी महिनामै दिइने र युनियनमा आबद्ध कर्मचारीका हकमा भने युनियनको सहमतीपछि दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख