रवि लामिछानेको पार्टीमा पूर्ण रूपमा परिवारवाद निषेध
मङ्गलबार, ०७ असार २०७९, १४ : ०४
सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ दलमा परिवारवाद पूर्ण रूपमा निषेध गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले पार्टीमा कुनै पनि नाता पर्नेलाई पार्टीमा स्थान नदिने बताए ।
उनले चुनावमा पार्टी सदस्यबाट निर्वाचित भएर मात्र उम्मेदवार हुने पाइने व्यवस्था हुने बताए । पार्टीमा ५० प्रतिशत युवा अनिवार्य हुने, पार्टीभित्रबाटै प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री, प्रधानमन्त्रीले नै मन्त्री चुन्न पाउने व्यवस्था, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था, अनलाइन प्रणालीबाट पार्टी सदस्य वितरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय