आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एलपीजी ग्यासको खपत घटाउन विद्युत महसुलमा छुट दिइन्छ : मन्त्री बडू

मङ्गलबार, ०७ असार २०७९, १३ : ३५
मङ्गलबार, ०७ असार २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिए ।

आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिइ राहत प्रदान गर्ने तयारी भइरहेको छ ।’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प्रयोग बढाउनका लागि करमा छुट दिने र बढी विद्युत प्रयोग गर्ने उद्योगलाई करमा छुट दिने नीति सरकारले लिएको छ ।

यसका साथै, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा सहजतापूर्वक प्रयोगका लागि सरकारले अघि नीति अघि बढाएको मन्त्री बडूले बताए । यसका लागि मन्त्री बडूले पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तालाई आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप