शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परपुरुषसँग रंगेहात फेला पारेपछि सिक्किममा नेपालीले गरे पत्नीको हत्या

मङ्गलबार, ०७ असार २०७९, १२ : ३७
मङ्गलबार, ०७ असार २०७९

पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ । 

रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए । रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए । उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए । 

क्रुद्ध बनेका रसाइलीले लक्ष्मी र लाक्पालाई दाउराको चिर्पटले आक्रमण गरेका थिए । लाक्पा घटनास्थलबाट भागे पनि छोरा घर पुग्दा आमालाई घरको कोठामा मृत फेला पारेका थिए । प्रहरीले घटनाको मुख्य हतियार चिर्पट फेला पारेको छ ।

लक्ष्मीको शवलाई टाडोङ स्थित हाल अस्पतालमा राखिएको छ । नेपालबाट उनको अभिभावक आएपछि पोस्टमार्टम गर्ने तयारी गरिएको छ । घटनामा घाइते लाक्पाको एसटीएनएम अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप