
‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना सार्वजनिक, यस्ता छन् विशेषता

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ । प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ ।
यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ