शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत

मङ्गलबार, ०७ असार २०७९, १२ : २५
मङ्गलबार, ०७ असार २०७९

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’

 जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थिए । पहिलोपटक बिदा अस्वीकृत भएको १५ दिनपछि ‘हाजिर हुन आउने’ जानकारी दिनुपर्ने प्रहरी नियमावलीमा व्यवस्था छ ।

 सरकारले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि ३० दिनको बिदा लिएका थिए ।  आईजीपी बढुवा विरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट  विचाराधीन छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १३ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

 २०७७ मङ्सिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । पोखरेलले आफू १६ महिना सिनियर भएको हुनाले सरकारले वरीयता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको जिकिर गर्दै आएका छन् । आईजीपीले पहिलोपटक बिदा अस्वीकृत गरेपछि पोखरेलले मुद्दाको टुङ्गो नलागेसम्म ‘हाजिर हुन नजाने’ रातोपाटीसँग बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप