नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति
मङ्गलबार, ०७ असार २०७९, १२ : १०
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ ।
डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो । अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए ।
अधिकांश भारतीय कम्पनीसहित बंगलादेशी कम्पनी रहेका छन् । हाल छनौट गरेका कम्पनी ब्राण्ड परिवर्तन भइ केही स्थान परिवर्तन भएका पहिलेका कम्पनी छन् ।