शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शारीरिक तथा मानसिक विकासका लागि योग

मङ्गलबार, ०७ असार २०७९, १० : ५८
मङ्गलबार, ०७ असार २०७९

आध्यात्मिक परिभाषाअनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भन्ने बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलिएको कला, संस्कृति र विज्ञान हो । 

योगलाई हामी तीन काल खण्डमा हेर्न सक्छौँ : 

१. आदिकाल खण्ड : आदिकाल खण्डमा योगको विस्तार भयो । योग सबैका लागि र सधैँका लागि हो भन्ने बुझियो । जतिबेला एउटा आदर्श जीवनको परिकल्पना गरिन्थ्यो र अभ्यास गरिन्थ्यो । 

२. मध्यकाल खण्ड : मध्यकालखण्ड आएपछि योग समाजबाट विस्तारै अलग्गिँदै विषयवस्तुमा केन्द्रित हुँदै गयो । समाजको ठूलो हिस्साले दैनिक रूपमा व्यवहारमा उपयोग ल्याउन सकेन । 

३. तेस्रोकाल खण्ड : तेस्रो कालखण्ड भनेको जुन आज हामी बसेका छौँ त्यही नै हो । यो कालखण्डमा योगलाई फेरि हामीले चिकित्साशास्त्रसँग लगेर जोड्न थाल्याँै । विस्तारै हामीले उपचारको संज्ञा दिन थाल्यौँ । यो रोगीहरूका लागि उल्लेखनीय रोग मुक्तिका लागि अझ विशेषगरी नसर्ने रोगहरूमा यसको उल्लेखनीय योगदान छ भन्नेतिर बढी केन्द्रित भयौँ । अहिलेको समाजको स्वास्थ्यको रक्षा र रोगीको उपचारका लागि योग बढी केन्द्रित भएर अगाडि बढेको देखिन्छ ।

योगको उद्गम स्थल नेपाली भूमि नै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । शिव र पार्वती बीचको संवादलाई प्रचारप्रसार गरी यो संसारभरि पैmलिएको पुष्टि हाम्रा  ऋषिमुनिहरूले शास्त्रमा उल्लेख गरेको पाइएको छ । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं. राष्ट्रिय योग दिवस मनाउन थालेपछि योगको पुनः जागरण भएको पाइएको छ । भगवान् गौतमबुद्धदेखि क्राइस्टसम्म शिवदेखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरूले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरू विभिन्न पुस्तकमा पाइन्छ । 

ईश्वरले मानव जातिलाई वरदान स्वरूप दिएको आशीर्वादलाई ऋषिमुनिहरूले गरेको उजागर नै हो योग ।  साधनको माध्यमबाट शरीर व्यवस्थापन गर्ने काम पनि हो योग । योग एक सनातन विज्ञान हो । शाश्वत साधना पद्धति हो । यो एक ज्योति हो, जसलाई एक पटक जगाएपछि कहिल्यै निभ्ने छैन । योग एक महामिलन हो । चेतनालाई महाचेतनामा विलय गराउने महाविद्या र महासन्धि हो । रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्धति हो ।

योगका आवश्यकता र फाइदाहरू  

योग त्यस्तो महाशक्तिको महासागर हो जसमा मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक शक्तिको विकास हुने गर्दछ र सुख एवं शान्ति प्राप्त हुन्छ । बदलिँदो जीवनशैली गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिस विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सम्पूर्ण जोर्नीहरू चलायमान हुन्छन् । यसले शरीरमा व्यायमको काम गर्दछ । योग व्यायाम गर्नाले शरीरका अङ्गहरूमा रक्त सञ्चारका साथै अक्सिजनको मात्रा बढाई शरीरका अङ्गहरू रक्तनलीहरू स्वस्थ राख्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । शरीरलाई बाह्य र आन्तरिक रूपमा सरसफाइ गर्दछ । योगले तनदेखि मनसम्म सफा गर्छ । स्वस्थ जीवनशैली र सकारात्मक सोचको विकास गर्छ । मनको चञ्चलता हटाउँछ, कार्यक्षमतामा वृद्धि ल्याउँछ । चिन्ताबाट छुट्कारा र मानसिक शान्ति, अनावश्यक विचारबाट मुक्ति र मोटोपन हटाउँँछ । ऊर्जाको केन्द्रीकरण साथै आन्तरिक शक्तिमा सञ्चार ल्याउँछ । आफ्नो परिस्थितिलाई सही रूपमा विश्लेषण गर्ने क्षमताको वृद्धि गरी यसले मानिस मानिसबीच समानताको भाव उत्पन्न गराउँछ । यसले जीवनशैली नै व्यवस्थित गराउँछ । योगले आत्मज्ञान प्राप्त हुन्छ । नियमित योग अभ्यासले शरीरमा चिनी र कोलेस्ट्रोलको मात्रा घटाउँछ । नियमित गर्न सकेमा योगका आसन र ध्यानले बाथ रोग, पछाडि दुख्ने समस्या कम गर्छ । महिलाहरूमा महिनावारीका बेला देखिने समस्या कम गर्छ । 

योग अभ्यास गर्ने ठाउँ प्रदूषण मुक्त र शान्त हुनु जरुरी छ । हरेक टोलटोलमा मानिसहरूको समूहबीच पनि गराउन सकिन्छ । यसरी गराउँदा जनचेतना पैmलाउनुका साथै एक आपसमा सम्बन्ध पनि मजबुद बढ्दै जान्छ । एउटा छुट्टै किसिमको उत्साह मनमा उजागर पनि हुन्छ । योग ज्ञान लिइसकेपछि आफ्नै घर आगन र छत बगैँचामा पनि गर्न सकिन्छ । तर योगा गर्दा टीभी, युट्युब हेरेर गर्नुभन्दा योग कक्षा लिएर वा योग शिक्षकको निगरानीमा गर्न उपयुक्त हुन्छ । हामी स्वस्थ रहनका लागि बिहान हिँड्ने चलन छ । यो पनि प्रदूषणका कारण सबैका लागि त्यति लाभदायक नहुन सक्छ । धुलो, धुवाँले झन् स्वास्थमा हानि पु¥याइरहेको हुन्छ । अव्यवस्थित सवारी साधन, साँघुरो बाटोघाटोका कारण बिहान सडकको पेटीमा मर्निङ वाक गर्दा कतिपयले ज्यान नै गुमाउनुपरेको छ, अपाङ्ग भएर बस्नुपरेको छ । तसर्थ यिनै कुरालाई मध्यनजर गर्दै बिहानको समय हामीले दैनिक एक, डेढ घण्टा योगलाई जोड दियौँ भने हामी शरीरिक र मानसिक दुवै रूपमा पूर्ण स्वस्थ बन्न सक्छौँ । यो त्यति खर्चिलो पनि छैन । जुनसुकै मानिसले पनि गर्नसक्ने भएकाले यो मानव जीवनमा निकै नै उपयोगी छ । 

ध्यान गर्नका लागि सबैभन्दा योगलाई अगाल्नुपर्छ त्यसपछि ध्यान आफैँ बढ्दै जान्छ । नेपालमा मानिसहरू विभिन्न रोगबाट ग्रसित छन् । रासायनिक मल, खानामा विषादीको प्रयोग, अव्यवस्थित बसोबास, भागदौडले आफुले आफैँलाई चिन्न पनि छोडिसकेको अवस्था छ । आफ्ना लागि समय पनि छैन । तसर्थ हामीले हाम्रो दैनिक दिनचर्यामा बिहान ब्रह्ममुहूर्तको समय एक डेढ घण्टा निकाल्न सक्यौँ र योग थाल्यौँ भने जीवनमा साँच्चिकै स्वर्गीय आनन्द पाउनेछौँ । हाम्रो शरीरलाई दैनिक एक घण्टा  योगाभ्यासमा लगाउन सक्यौँ भने बाँकी २३ घण्टा हामीले स्वस्थ र स्फूर्तिका साथ काम गर्न सक्छौँ । विभिन्न किसिमका महामारीहरूमा आफ्नो रोग प्रतिरोधात्मक क्षमता मजबुद बनाउन त झन् योग अभ्यास अपरिहार्य नै देखिएको छ । 

समग्रमा योग यस्तो कला, संस्कृति र विज्ञान हो जसले मानिसभित्र भएका सम्पूर्ण सम्भावनालाई जागरण गर्न मद्दछ गर्छ । मानिसका शारीरिक, मानसिक, चेतनागत र अति मानवीय चेतनाका स्तरसम्म यसले काम गर्छ । हरेक बिहानीलाई अवसरका रूपमा  सदुपयोग गर्दै योग अभ्यासलाई एक जीवनशैलकिो रूपमा आत्मसाथ गरौँ । योग सबैका लागि हो । योग सधैँका लागि हो । योगले एउटा मान्छेलाई पूर्ण मान्छे र विराट मान्छे बनाउँछ भन्ने हामीले बुझ्न र बुझाउन जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झरना केसी
झरना केसी
लेखकबाट थप