बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साउदी अरबका युवराज इजिप्ट, जोर्डन र टर्कीको भ्रमणमा

मङ्गलबार, ०७ असार २०७९, १० : २५
मङ्गलबार, ०७ असार २०७९

साउदी अरबका युवराज मोहम्मद बिन सलमान सोमबार इजिप्ट पुगेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएका अनुसार देशका राष्ट्रपति अब्देल(फतह अल(सिसीले युवराजलाई स्वागत गरे ।

इजिप्टपछि युवराज जोर्डन र टर्की जानेछन् । यी भ्रमणहरू राजा सलमान बिम अब्दुलअजीजको निर्देशनमा भइरहेको छ । साउदी अरब यी देशहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ ।

युवराजले उक्त भ्रमणमा साझा हितका विषयमा छलफल गर्नुका साथै इजिप्ट, जोर्डन र टर्कीसँग द्विपक्षीय सम्बन्ध विस्तारबारे चर्चा गर्नेछन् ।

युवराजको यो भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेन अर्को महिना साउदी अरेबियाको भ्रमणमा जाँदैछन् ।

बाइडेनको यो भ्रमणमा साउदी अरेबियाले गल्फ कोअपरेशन काउन्सिलको सम्मेलन आयोजना गर्नेछ, जसमा अमेरिकी राष्ट्रपति सहभागी हुनेछन् । यस सम्मेलनमा इजिप्ट, इराक र जोर्डन पनि सहभागी हुनेछन् ।

सोही क्रममा आइतवार अब्देल फताह अल–सिसीले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र बहराइनका राजा हमाद बिन इसासँग त्रिपक्षीय सम्मेलन आयोजना गरेका थिए जसमा तीन देशबीच साझा हितका विषयमा सहकार्य, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप