आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मन्त्री गहतराजले गरे हज यात्रीलाई विदाइ

मङ्गलबार, ०७ असार २०७९, ०९ : ५९
मङ्गलबार, ०७ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री गहतराजले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हज यात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।  

बिदाइ हुनेहरुमा  बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हज यात्री तथा १ जना प्रतिनिधी रहेका छन ।  हज यात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । 

विदाई गर्न खेलकुद मन्त्री महेश्वर गहतराज , पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व शहरी विकास मन्त्री इश्तियाक राई , संविधान सभा सदस्य जन्नतुन निसा, हजसमितिका अध्यक्ष शमशेर मिया, नेकपा माओवादी केन्द्रका सदस्य अतहर हुसेन फारूकी , समाजसेवी अबुल हुसेन, ज़फ़र जमाली, मेराज़ हिमालय, राज मोहम्मद, अब्दुल कवि, कन्फिडेंस नेपालका अध्यक्ष शमशाद आदिल, सचिव आशिक अलि लगायत व्यक्तित्वहरुको उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप