काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् ।
विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ । तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनु पर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी