आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा पनि कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

सोमबार, ०६ असार २०७९, २३ : ०२
सोमबार, ०६ असार २०७९

फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।  केही समय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । 

“अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने ।

उनले अहिलेको तीब्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरुको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।  गत सन् २०२१ को सेप्टेम्बर र सन् २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उनले जानकारी दिए । एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उहाँका अनुसार सो दिन ३९ हजार ४ जना नयाँ सङ्क्रमित भएका थिए । 

अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप