शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जिसस सिरहामा एमाले–जसपा प्यानल विजयी

सोमबार, ०६ असार २०७९, २२ : ४३
सोमबार, ०६ असार २०७९

जिल्ला समन्वय समिति सिरहामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुखमा जसपाका दिनेशकुमार महतो र नेकपा एमालेका तर्फबाट उपप्रमुखमा दिलिप लामा विजयी भएका हुन ।

आज सम्पन्न निर्वाचनबाट समन्वय समितिका प्रमुख महतोले २६ र उपप्रमुख लामाले २५ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनले सदस्यहरूको पनि यहि हाराहारीमा मत आएको बताए ।
प्रमुख पदका निकटतम प्रतिस्पर्धी नेकपाका मनोजकुमार गुप्ता र उपप्रमुखका उम्मेदवार नेकपा समाजवादीका राजेश्वरकुमार यादवले ७/७ मत प्राप्त गरेका छन् ।

सदस्यहरूमा गीताकुमारी पासवान, सोनावती कुमारी महरा, जानकी कुमारी यादव, शोभाकुमारी यादव, सुरेश यादव, गीता पासवान, सोनावती महरा, सूर्यनाथ यादव, रविन्द्रकुमार महतो विजयी भएका छन् ।  निर्वाचनमा नेकपा एमालेका १५, जनता समाजवादी पार्टीका १०, नेपाली काँग्रेसको ६, नेकपा माओवादी केन्द्रको २ र नेकपा एस १ सहित ३४ जना मतदाता सहभागी रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप