‘सहकार्य र समन्वयले मात्र महानगरको विकास सम्भव हुन्छ’
सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरु गर्नुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, “विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ ।”
कार्यक्रममा काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ