बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध राँके जुलुस

सोमबार, ०६ असार २०७९, २१ : ५४
सोमबार, ०६ असार २०७९

राजधानीस्थित पुरानो बानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध राँके जुलुस सम्पन्न भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै सोमबार साँझ कुन्ति पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गरेको हो । 

आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन्, ‘सरकारले गरेको अस्वभाविक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य मूल्यवृद्धि तत्काल फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौँ ।’

राँके जुलुस गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । आन्दोलनकारीले बालेको राँको प्रहरीले नियन्त्रणमा लिएसँगै जुलुस कोणसभामा परिणत भएको हो । आइतबार रातिबाट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर आम जनतामा पर्ने भन्दै युवा समाजले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप