
काँग्रेसलाई फेरि पहिलो पार्टी बनाउँछौं : अध्यक्ष गुरुङ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि काँग्रेसलाई पहिलो पार्टी बनाउने बताएका छन् । नेपाल तरुण दल कास्कीद्वारा आयोजना गरिएको विपद व्यवस्थापन ,नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत काँग्रेसलाई ठुलो पार्टी बनाउने अभियानमा लाग्न तरुणहरूलाई निर्देशन समेत दिए । त्यसका लागि अब जनताको सेवा तल्लिन भएर लाग्न समेत उनले सबै तरुणहरूलाई आग्रह गरे । संघ र प्रदेशको चुनावपछि तरुण दलको वडा तहदेखि केन्द्रसम्म अधिवेशन गराउने सबैभन्दा ठूलो दायित्व रहेको बताउदै उनले आउने संघ र प्रदेशको चुनावमा स्थानीय तहमा खेलेको भूमिका जसरी नै उम्मेदवारलाई जिताएर काँग्रेसलाई पहिलो पार्टी बनाउने दाबी गरे ।
अहिले तरुणहरूको काम किसानको खेतमा गएर सघाउने भएको बताउँदै अध्यक्ष गुरुङले सबैलाई किसानसँग जोडिन आग्रह गरे । विगतमा पनि तरुणहरूले विपदको बेलामा अग्रमोर्चामा रहेर भूमिका खेलेको उनले बताए ।
कार्यक्रममा स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिधि लाई बधाई दिँदै प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ