बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एन्फा उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित

सोमबार, ०६ असार २०७९, २१ : ४७
सोमबार, ०६ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज​ नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका हुन् ।

यस्तै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलबाट पनि एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पंकज​ प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन् । यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भएका छन् भने उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र विज्ञानराज शर्मा पराजित भएका छन् ।

अध्यक्षमा यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै पंकज​ नेम्वाङ निर्वाचित भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप