बालेनको चुनावी खर्च ३ लाख ९४ हजार !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
उनले यसमध्ये १ लाखभन्दा बढी मतगणनाको बेला मात्र खर्च भएको बताउँदै मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नभएर उम्मेदवारका लागि महँगो बनाइरहेको जिकिर गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ( एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु