बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

संघीयता, लोकतन्त्र र समावेशीताविरुद्ध षड्यन्त्र भइरहेकाले गठबन्धन आवश्यक : उपेन्द्र यादव

सोमबार, ०६ असार २०७९, २१ : ०८
सोमबार, ०६ असार २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोलन जारी रहने बताएका छन् ।

जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा स्वेच्छाचारिताको अन्त्य र लोकतन्त्र रक्षाका लागि अनिवार्य आवश्यकता अनुसार पाँच दलबीच गठबन्धन भएको बताए । नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम तथा संघीयतालाई मजबुत बनाउन लडाई जारी नै रहेको उनको भनाइ थियो ।

उनले कतिपय पार्टीहरू संघीयतालाई कार्यान्वयन गर्न नै नचाहेको र नागरिकता समेत दिनबाट आनाकानी गरिरहेकाले संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले संघीयता, लोकतन्त्र र समावेशीताको विरुद्ध षड्यन्त्र भइरहेकाले गठबन्धन आवश्यक रहेको प्रस्ट्याए । अहिलेको संघीयता नाम मात्रको रहेको उल्लेख गर्दै उनले राज्यको हरेक निकायमा जनताको पहुँच हुनु नै वास्तविक रुपमा संघीयता हुने बताए ।

राजनीतिक आन्दोलन र सामाजिक आन्दोलन तथा सामाजिक परिवर्तनका लागि लोकतन्त्रलाई आत्मसात गर्दै प्राप्त अधिकारको रक्षा र संस्थागत विकासका लागि चुनाव पनि संघर्ष र आन्दोलनको पाटो रहेको उनको भनाइ छ ।

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास र समृद्धि नहुने उनले बताए ।

सो अवसरमा स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका निर्माण व्यवसायी बलराम महतो जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए । महतोले आजदेखि आफू जसपाको ‘हनुमान’ बनेर काम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप