बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रेमीको हिंसामा घाइते भएकी राधिकाको न्यायका लागि आमाले दिइन् प्रहरीमा जाहेरी

सोमबार, ०६ असार २०७९, २० : २७
सोमबार, ०६ असार २०७९

सिन्धुलीकी २२ वर्षीया राधिका कार्कीलाई जनकपुरधाममा प्रेमीले करेन्ट लगाएर हत्या प्रयास गरेको घटनाविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् ।

प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले पीडितकी आमाले जाहेरी  दिएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । जेठ १६ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको शरीरमा करेन्ट लगाएका थिए । एक वर्षसम्मको प्रेम सम्बन्धपछि ८ महिना अघि उनीहरुले सुटुक्क विवाह गरेका थिए ।

जनकपरधामस्थित थापाचोकमा डेरा लिई बस्दै आएको अवस्थामा जेठ १६ गते राधिकाले कानुनी विवाह गरी घर लैजान दबाब दिएपछि अरुणले खुट्टामा करेन्ट लगाएको र आफू बेहोस भएको पीडित राधिकाले बताइन् । करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा पु¥याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डमा उनको उपचार भइरहेको छ ।

कुरुवा नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटि गार्डले राधिकाको उपचार तथा हेरविचार गर्दै आएका छन् । उपचारमा संलग्न चिकित्सक डा.आश्विनीकुमार यादवका अनुसार करेन्ट लागेको कारण राधिकाको हातखुट्टाको केही औँला काम नलाग्ने अवस्थामा छ । यता राष्ट्रिय महिला आयोगका पदाधिकारीले अस्पताल पुगेर पीडित राधिकाको अवस्थाबारे जानकारी लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप