एसपीपी फिर्ता लिन सेनालाई निर्देशन दिने सरकारको निर्णय
सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौतालाई फिर्ता लिने प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिने निर्णय भएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले बताए ।
मन्त्रिपरिषदको निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोधमा सन् २०१९ मा स्वीकार गरिएको अमेरिकी दूतावासले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण