अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका
सोमबार, ०६ असार २०७९, १९ : २०
![अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका](https://rpcdn.ratopati.com/media/albums/prinka_CwNxxXogvr.jpg)
मिस नेपाल प्रियंका रानी जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको बताएकी छन् । अभिनयका लागि आफू पोख्त नभएको र मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने भएकोले अभिनयबारे केही नसोचेको उनको भनाइ रहेको थियो ।
सोमबार बाजासहित पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्तो कोसिस गर्ने बताइन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।
हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर गाडीमा हात हल्लाउँदै उनी घरमा आएकी थिइन् । अनामनगर घर भित्रिएपछि वसन्तपुरस्थित कुमारी घर पुगेकी उनी अहिले बस्दै आएको भैसेपाटी घर पुगेकी छिन् ।
जोशी शनिबार आयोजना भएको ‘मिस नेपाल २०२२’ मा २३ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या