शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

ललितपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना प्रस्तुत

सोमबार, ०६ असार २०७९, १९ : १४
सोमबार, ०६ असार २०७९

ललितपुर महानगरपालिकामा बढ्दो सवारीसाधनको चापलाई न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्न कार्ययोजना प्रस्तुत गरेका छ ।

सोमबार आयोजित सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका विषयक कार्यक्रमा  महानगरका मेयर चिरिबाबु महर्जन  र उपमेयर अञ्जली शाक्य बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा नगरवासीलाई एकजुट हुन आग्रह गरेका छन् । 

कार्यक्रममा महर्जनले पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ चारपाङ्ग्रे सवारीसाधन एकतर्फी गरिएको बताए । यसैगरी महापालबाट ईखालखुतर्फ पनि सवारी साधन निषेध गरिएको बताए । यस्तै लगनखेल ईटी टोलबाट मंगलबजार तर्फ चारपाङ्ग्रे सवारी साधन एकतर्फी गरिएको छ भने पाटनढोका बसपार्कलाई बस स्टपमा परिणत गरिएकोे उनले बताए । 

 सहरी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी सीसीटीभी जडानका लागि जिल्ला प्रहरी जावलाखेलसँग साझेदारी पत्रमा हस्ताक्षर गरिएको उनले बताए । त्यसका लागि दुई करोड रकम  बिनियोजन गरिएको उनको भनाइ छ । महानगरले छिट्टै ललितपुर महानगरभित्र  इलेक्ट्रिक बसको सञ्चालन गर्ने, पाँचवटा स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना पनि बनाएको छ ।  

अस्पताल र स्कुल अगाडि जेब्राक्रसिङगमा संकेत बत्तीको  व्यवस्था गर्ने, पैदल यात्रु हिँड्ने ठाउँका फुटपाथ पसल सञ्चालन गर्न नदिने, साइकल लेनमा सवारी पार्किङ गर्न नदिने, चोक चोकमा टक्सी पार्किङको व्यवस्था गर्नेलगायतको लगायतको योजना पनि महानगरपालिकाले बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप