शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हेल्लो जिन्दगी’लाई गान्तोकमा अवार्ड

सोमबार, ०६ असार २०७९, १९ : ०६
सोमबार, ०६ असार २०७९

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको छ ।

१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधाअन्तर्गत अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिए । रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुँदै आइरहेको फेस्टिवलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुशी लागेको अभिनेता तथा निर्माता बिक्रम डि जोशीले बताए । ‘आफ्नो मिहिनेतले पुरस्कार पाउदा हर्षित छु’ जोशीले थपे ।

गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, बिक्रान्त बस्नेत, विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् । युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

निर्देशक बोहराकै कथा, पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब बिदेशमा प्रदर्शनको तयारीमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप