शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एन्फाको नयाँ नेतृत्वका लागि मतदान सकियो, केही बेरमा मतगणना हुने

सोमबार, ०६ असार २०७९, १९ : ०१
सोमबार, ०६ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि मतदान सकिएको छ  । सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेजमा ८४ निर्वाचन प्रतिनिधिले मतदान गरेका छन् ।  अब केही समयमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  

एन्फाको २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका आकाङ्छि छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । 

चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरू गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् । 

जसमा ४८ मध्ये ४४ जिल्लाले  मताधिकार पाएका थिए भने सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाएका थिए । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप