शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव गरेको छैन : गुरुङ

सोमबार, ०६ असार २०७९, १८ : ३६
सोमबार, ०६ असार २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टाएका हुन् ।

उनले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने बताए । अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो । उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणा समेत राखे ।  
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप