प्रवास समन्वय समितिद्वारा नारायण कँडेल निलम्बित

person explore access_timeअसार ६, २०७९ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले नारायण कँडेललाई निलम्बन गरेको छ । नेपाली जनप्रगतिशील मञ्च अमेरिकामा समानान्तर कमिटी बनाउन भूमिका खेलेको भन्दै उनलाई समितिको कार्यालय बैठकले अनुशासनको कारबाही गरेको हो।  


मञ्चको प्रथम अधिवेशन सम्पन्न भइसकेपछि कँडेलले अर्को समानान्तर कमिटी बनाउन भूमिका खेलेको तथा स्वयम् त्यसको सल्लाहकार बनेको आरोप उनीमाथि लगाइएको छ । उनलाई स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो नदेखिएपछि समितिलगायत संगठनको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरिएको अध्यक्ष ओम शर्मा र सचिव टीबी पाठकद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।  



कँडेलले एमालेसँग समेत साँठगाँठ गरेको आरोप लगाइएको  छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।