मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कैलाली जिल्ला अध्यक्षलाई एमालेको तीन दिने स्पष्टिकरण

सोमबार, ०६ असार २०७९, १७ : ५९
सोमबार, ०६ असार २०७९

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घातको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ । 

जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ । 

‘तपाई जिल्ला पार्टी अध्यक्षको हैसियतले समग्र जिल्लाभरी नेकपा एमालेका सवै उम्मेदवारहरूलाई जिताउने योजना बनाइ लाग्नुपर्नेमा सो नगरी चुपचाप बस्नुको कारण के हो ?’ स्पष्टिकरणमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप