शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जना पक्राउ

सोमबार, ०६ असार २०७९, १८ : ०९
सोमबार, ०६ असार २०७९

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं छन् । 

आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । आरोपीहरुलाई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप