बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

सोमबार, ०६ असार २०७९, १७ : ४४
सोमबार, ०६ असार २०७९

रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । सोमबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि कार्यान्वयनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए । 
यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क  भुक्तानी गर्न सक्नेछन् । साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो बीमा योजनाको विशेषताहरुः 
-    यस योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।
-    अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ । 
-    बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ । 
-    बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।
मृत्यु भएमाः
-    यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले  इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २.५ गुणा सम्म रकम भुक्तान गरिनेछ ।
-    यो बीमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ ।
-    यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।
-    यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ ।
-    यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप