शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको परिवेशमा कथालयका दुई बाल चित्रपुस्तक

सोमबार, ०६ असार २०७९, १७ : ४२
सोमबार, ०६ असार २०७९

कथालयको दुई बालचित्र अनुवाद पुस्तक ‘मेरो प्यारो खेलौना’ र ‘सधैं समीप’ आइतबार हात्तीवनस्थित प्रिममियर इन्टरनेस्नल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक विमोचन गरेका छन् । दुवै पुस्तकको नेपाली भाषामा अनुवाद राजीवधर जोशीले गरेका हुन् ।

‘मेरो प्यारो खेलौना’मा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न निस्कन्छन् । बाहिर पुगेपछि ती सबै खेलौना जीवित हुन्छन् । आफ्ना खेलौनासँग बालबालिकाको सम्बन्ध, माया र कल्पना शक्तिलाई चित्र पुस्तकमा समेटिएको छ । यस पुस्तकको लेखिका इभोन स्वयंले चित्र पनि बनाएकी हुन् । यो पुस्तक ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित छ ।

त्यस्तै, ‘सधैं समीप’ पुस्तक आफ्नी हजुरआमालाई सधैँ सम्झिरहने एक बालकको कथा हो । यसले भौतिक रुपमा हराएको मानिसको स्नेह, ध्यान र उपस्थितिलाई आफ्नो वरपरका वस्तुहरुमा खोज्न र महसुस गर्न सकिन्छ भन्ने कुरा चित्रण गरेको छ । चित्रपुस्तक ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने भनिएको छ । यस चित्रपुस्तकका लेखक मार्क स्वयंले चित्र कोरेका हुन् । 

मार्कले ५ सयभन्दा धेरै पुस्तकका चित्र तयार गरिसकेका छन् । यो पुस्तक उनले विगतको २ पटकको नेपाल भ्रमणपछि यहाँको परिवेश र पात्र लिएर तयार पारेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप