मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सोमबार, ०६ असार २०७९, १७ : ३३

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् ।
पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा १ लाख धरौटी माग्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई बताए ।
सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि