मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सोमबार, ०६ असार २०७९, १७ : ३३
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् ।
पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा १ लाख धरौटी माग्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई बताए ।
सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो
-
पपुलिस्ट बजेटले खलबल्याएको अर्थतन्त्र : बजार सम्हाल्न अब चाहिन्छ बलियो मौद्रिक नीति
-
भक्तपुरबाट कालीमाटी आएको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण