बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मच्छेगाउँमा शव फेला

सोमबार, ०६ असार २०७९, १७ : २५
सोमबार, ०६ असार २०७९

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव भेटिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत अवस्थामा भेटिएका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईँमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

४ तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा भेटिएका थामीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । मृतक घर बनाउने मिस्त्रीको काम गर्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप