बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन
सोमबार, ०६ असार २०७९, १७ : १०
शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएको बेँसीशहर नगरपालिका–६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीशहर-बाँझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे(बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए ।
वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीशहर(चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे