बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३२० केजीको प्राचिन कुकुर भेटियो, आकार भालु जत्रै

सोमबार, ०६ असार २०७९, १७ : ०९
सोमबार, ०६ असार २०७९

७५ लाख वर्ष अघि युरोपेली देशमा एउटा यस्तो मांसाहारी कुकुर घुम्थ्यो जुन भालुको आकारको हुने गर्दथ्यो । यसको तौल करिब ३२० किलोग्राम थियो । अब यो प्रजाति लोप भइसकेको छ । तर यसको अवशेष भेटिनु जीव–विज्ञानीका लागि खुसीको कुरा हो । किनभने उनीहरुले यो प्रजातिबारे थप अध्ययन गर्ने मौका मिल्नेछ । आधा कुकुर र आधा भालुजस्तो यो जीवको इतिहासबारे थप जानकारी पाइनेछ ।

‘बियर डग’को नामले चिनिने यो जीव वास्तवमा ‘द टारटारोसियन’ को नामबाट चिनिन्थ्यो । यसको अवशेषको खोज वैज्ञानिकको अन्तर्राष्ट्रिय टिमले गरेको हो ।  यसलाई स्विटजरल्याण्डको बेसल स्थित नेचुरल हिस्ट्री म्युजियमको बास्टियन मेनेकार्टले नेतृत्व गरेका हुन् ।

बलियो बंगारा, धारिलो दाँत, गज्जबको शिकारी

यो प्राचिन शिकारीलाई नयाँ प्रजातिको बियर डग बताइँदै छ । यो युरोपमा ३.६ करोड वर्ष अघि थियो ।  ७५ लाख वर्ष अघि यो प्रजाति लोप भएको हो ।

जीव विज्ञानी अर्थात् पेलियोन्टोलोजिस्टले यसबारे थप जानकारी दिँदै भने, ‘यो बंगारा १.२८ करोडदेखि १.२० करोड वर्ष पुरानो हो । यो हड्डीमा समुद्री खनिजको पत्र चढेको छ । पत्र हटाउँदा यसको दाँत निकै तिखो र धारिलो भएको पत्ता लाग्यो । बंगारा असाध्यै धेरै बलियो थियो । यसले आफूभन्दा ठूला जनावरको पनि शिकार गर्ने गर्दथ्यो ।’

माइथाेलोजिकल जनावर टारटारोबाट लिइयो नाम

बियर डग, द टारटारोसियोन सामान्य एन्फीसियोनिडेको उदाहरण होइन । यसको बंगारामा भएको चौथो लोअर प्रिमोलर दाँत अन्य एन्फीसियोनिडे जीवभन्दा भिन्न छ । यो दाँतको अनुसन्धानले कुनै पनि जीवको प्रजाति बुझ्न सहज हुन्छ ।

भेटिएको तल्लो बंगराको अनुसन्धानले सम्भवतः नयाँ प्रजातिको प्रतिनिधित्व गर्छ ।

‘यसलाई टार्टारोसियन भनिन्छ । यो नाम टारटारोको नाममा राखिएको हो जुन बास्क माइथोलोजीमा एउटा मात्रै आँखा भएको विशाल जीवको रुपमा चित्रित गरिएको छ ।’

‘टार्टारोको किम्बदन्ती बेर्नमा पनि चिनिन्छ, यही क्षेत्रमा तल्लो बंगारा फेला परेको थियो ।’

फ्लोरियल सोल, मांसाहारी स्तनधारीमा विश्व स्तरमा चर्चित विशेषज्ञ, जीन फ्रेन्कोइस लेस्पोर्ट र प्राकृतिक इतिहास संग्रहालय बेसलका एन्टोनी हेइट्सले नयाँ प्रजातिको नाम छनोट गरेका हुन् ।

उक्त बंगारा शिकारी जनावरको एउटा समूहसँग सम्बन्धित छ जुन एक भालु र एउटा ठूलो कुकुरबीचको एउटा क्रस जस्तो देखिन्छ । यसलाई ‘बियर डग’को नाम दिइएको छ ।

वैज्ञानिकले थपे, ‘यिनीहरु कुकुर, बिरालो, भालु, सील र ब्याजर्स नामका जनावरजस्ता मांसाहारी समूहसँग सम्बन्धित छन् ।’

उक्त अध्ययन गत बुधबार (जुन १५) मा एकेडेमिक जर्नल पियरजेमा ‘अ न्यू गाइग्यान्टिक कार्निभोर’ शीर्षक अन्तर्गत प्रकाशित भएको हो । यो फ्लोरियल सोल, जिन फ्रानकोइस, लेसपोर्ट, एन्टोयन हिट्ज र बास्टियन मेनेकार्टले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप