नेप्से परिसूचक १८ सयमा ओर्लियो, अझ कति झर्ला ?
सेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५० अंकले घटेर १८ सयको रेञ्जमा झरेको छ । अघिल्लो दिन ३७ अंकले घटेर १९३४ मा रोकिएको नेप्सेमा आज थप ४९.३१ अंकले घट्दै १८८४.८१ अंकमा झर्न पुगेको हो ।
योसँगै लगानीकर्ताहरु थप पेनिक हुन पुगेका छन् । निरन्तर ओरालो यात्रामा रहेको बजार अझ कति अंकले घट्ने हो सुनिश्चित नभएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् ।
२.५५ प्रतिशतले घटेको बजारमा आज लगानीकर्ताहरु आत्तिएर सेयर बेच्दा १ अर्ब ७५ करोडको कारोबार हुन पुगेको छ । अघिल्लो दिन यस्तो सूचक ३७ अंकमाथिले घट्दा १ अर्ब १३ करोड ४० लाखको मात्र कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक आज ४.२८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूह ४.१३ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, फाइनान्स समूह ३.४७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ३.०३ प्रतिशतले घटेको छ । यस्तै इन्भेष्टमेन्ट समूह २.७५ प्रतिशतले, माइक्रोफाइनान्स २.६६ प्रतिशत, जीवन बीमा समूह २.५७ प्रतिशतले, होटल तथा पर्यटन समूह २.०५ प्रतिशतले, म्युचुअल फन्ड २.०४ प्रतिशतले, म्यानु एण्ड प्रो १.९५ प्रतिशतले, बैंकिङ समूह १.५९ प्रतिशतले र ट्रेडिङ १.४४ प्रतिशतले घट्न पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण