शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वर्षमै बालकमा देखिन थाल्यो ‘प्युबर्टी’ को लक्षण, सेक्स हर्माेनकाे स्तर उच्च

सोमबार, ०६ असार २०७९, १४ : ३९
सोमबार, ०६ असार २०७९

बेलायतको ब्राइटन शहरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ दुई वर्षका एक बालकमा प्युबर्टी अर्थात् यौवनको लक्षण देखिन थाल्यो, जुन पक्कै पनि साधारण होइन् । ती बालकको यौनाङ्गमा रौँ बढ्न पलाउन थाले र उनको लिङ्गको आकार पनि असामान्य रुपमा बढ्यो । दुई वर्षका बालकमाथि यस्तो हुनु दुर्लभ कुरा हो । तर यो यस्तो समस्या हो जसबारे मेडिकल लिटरेचरमा कुरा भने गरिएको छ ।

दुई वर्षका यी बालककी आमाले जब यस्तो लक्षण देखिन् तब उनी डराइन् । उनलाई राम्रोसँग थाहा थियो, यो सामान्य होइन । बालकको वृद्धि विकास तीब्र रुपमा भइरहेको थियो । उनको उचाई र तौल पनि असामान्य थियो । एक वर्षको उमेरमा बालकको तौल १२ किलो थियो ।२ देखि १८ महिनाको बीचमा बालकको तौल हरेक महिना ०.९ किलोले बढिरहेको थियो । शरीरमा बोसो थिएन, ती केवल मांसपेशी थिए ।

के हो प्युबर्टी ?

प्युबर्टी के हो, त्यसबारे पनि थोरै जानकारी पाऔँ । यो अवस्था जीवनको त्यो समय हो जब कोही युवा–युवती यौन रुपमा परिपक्व हुने गर्छन् । केटीमा प्युबर्टी साधारणतया १० देखि १४ वर्षको बीचमा र केटाहरुमा १२ देखि १६ वर्षको उमेरदेखि सुरु हुन्छ । यसैमार्फत् शरीरमा परिवर्तन आउने गर्छ ।

प्रतिकात्मक तस्बिर

बच्चामा सेक्स हर्मोनको स्तर बढी थियोः

उक्त बालकको रक्त परीक्षण गर्दा उसमा टेस्टोस्टेरोनको स्तर धेरै भएको पत्ता लाग्यो । टेस्टोस्टेरोन पुरुषको प्राइमरी सेक्स हर्मोन हो जुन प्युबर्टीको समयमा तीब्र रुपमा बढ्ने गर्छ । तर ती बालकमा सेक्स हर्मोन यत्तिका मात्रामा कसरी आयो भन्ने कुरा अझै पनि चकित पार्ने खालकै थियो ।

त्यतिबेला डाक्टरले यो कतै आर्टिफिसियल टेस्टोस्टेरोन ट्रिटमेन्टको सम्पर्कका कारण त होइन भन्ने अनुमान लगाए । अनुसन्धान गर्दै जाँदा बच्चाका पिता बाल्यकालदेखि नै टेस्टिकुलर कन्डिसनसँग सम्बन्धित गम्भीर समस्यासँग जुधिरहेृका थिए त्यसैले उनले थुप्रै वर्षदेखि दैनिक आफ्नो छालामा टेस्टोस्टेरोन जेल लगाइरहेका थिए भन्ने पत्ता लाग्यो ।

यो टेस्टोस्टेरोन जेल साधारणतया काँध र पेटलगायतका स्थानमा लगाइन्छ र छालाले यसलाई अवशोषित गर्ने गर्छ । बच्चा आफ्नो पिताको सम्पर्कमा आउँदा हर्मोन जेलको सम्पर्कमा आएको हुनसक्ने डाक्टरले अनुमान गरे ।

टेस्टोस्टेरोन जेलको सम्पर्कमा आउँदा हुन्छ अर्ली प्युबर्टी

यस्ता थुप्रै मेडिकल रिपोर्ट छन् जसमा टेस्टोस्टेरोन जेलको सम्पर्कमा आउँदा बच्चाहरुमा अर्ली प्युबर्टीको लक्षण देखिने गर्छ । सन् २००७ को एउटा केस स्टडीमा अलबामाका डाक्टरले एक १६ महिनाको बच्चामा पनि यो लक्षण देखिएको बताएका थिए । ती बालक पनि अञ्जानमै आफ्ना पिताको टेस्टोस्टेरोन जेलको सम्पर्कमा आएका थिए । सन् २००८ को टेक्सासमा पनि यस्तै खालको घटना सार्वजनिक भएको थियो जहाँ एक दुई वर्षका बालकमा प्युबर्टीको लक्षण देखिएको थियो ।

यो केस स्टडी अनुसार जो बिरामी यस्तो खालको उत्पादनको प्रयोग गरिरहेका छन् उनीहरुलाई टेस्टोस्टेरोनको सम्भावित जोखिमबारे बताउनु पर्छ  ताकि यसको अप्रत्यक्ष सम्पर्कमा आएका अन्य व्यक्तिलाई यस्तो खालको समस्या नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप