शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

सोमबार, ०६ असार २०७९, १४ : ३४
सोमबार, ०६ असार २०७९

सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए ।
गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले  राईको घर पुरिएको हो ।

मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिरोबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए । 

पहिराले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ । पहिराले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ । 

पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप