दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो
![दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो](https://rpcdn.ratopati.com/media/albums/urea-mal_mzXzewsKH8.jpg)
खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिक टनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताए ।
उनका अनुसार जिल्लामा उक्त परिमाण अनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ । दोलखाको दुई नगरपालिका र सात गाउँपालिकाका सबै स्थानीय तहले सिफारिस गरेका आधारमा अनुदानमा किसानलाई वितरणका लागि उक्त मल नौ वटा नै स्थानीय तहमा आपूर्ति गरिएको शाखा प्रमुख महतले जानकारी दिए ।
नेपाल सरकारले कृषकका लागि दिएको अनुदानअनुसार युरिया मल ५० केजीको प्रतिबोरा रु ८२४, डिएपी ५० केजीको प्रतिबोरा रु दुई हजार २८९, पोटास ५० केजीको प्रति बोरा रु एक हजार ६६५ र कृषि चुन २५ केजीको प्रति बोरा रु १८५ ले बिक्री गर्नेगरी मल जिल्ला भित्रिएको हो । अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहनेगरी समितिलाई जिम्मा दिइएको छ ।
दोलखामा हाल ३९ वटा सहकारी सङ्घसंस्थाले अनुदानको मल ल्याउने जिम्मा पाएका छन् । जिल्लामा ९२५ मेट्रिकटन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
-
हाम्रो अर्थतन्त्रमा धानको योगदान : उत्पादन बढाउन के गर्ने ?
-
कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह
-
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
-
मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री
-
आज दही–चिउरा खाने दिन : दहीको कारोबार १ अर्ब रुपैयाँभन्दा बढी हुने