जसपाको प्रस्तावबारे लोसपाले छलफल गर्दै

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एकता र गठबन्धनका लागि पटक पटक लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई आग्रह गर्दै आइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एकताका लागि छुट्टाछुट्टै अनौपचारिक रुपमा प्रस्ताव गर्दै आएका हुन् । त्यसको बारेमा छलफल गर्नका लागि आज लोसपाले बैठक बोलाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा सोमबार दिउँसो बस्ने शीर्ष नेताको बैठकले त्यस विषयमा धारणा तय गर्ने एक नेताले बताए । लोसपासमक्ष एकताका लागि औपचारिक प्रस्ताव नआएपनि विभिन्न स्रोतबाट नेता समक्ष कुराहरु आइरहेका हुनाले त्यसको विषयमा के गर्ने नगर्ने विषयमा नेताहरुले आज छलफल गर्ने बताइएको छ ।
अगामी चुनावमा कुनै न कुनै दलसँग गठबन्धन गर्ने योजना लोसपाको छ । तर कुन दलसँग कसरी गर्ने त्यस विषयमा पनि लोसपाले आज छलफल गर्ने बताइएको छ । लोसपाले पाँच दलीय गठबन्धन भत्काएर नयाँ लोकतान्त्रिक गठबन्धन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएको छ । लोसपाका शीर्ष नेताले प्रधानमन्त्री देउवासँगको हरेक भेटमा नयाँ गठबन्धन बनाउन आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री देउवाले भने लोसपालाई अहिलेकै पाँच दलीय गठबन्धनमा आउन आग्रह गर्दै आइरहेका छन् । तर लोसपा पाँच दलीय गठबन्धनमा सहभागी हुने इच्छा देखाएको छैन ।
साथै आजको बैठकमा लोसपाको केन्द्रीय समिति निर्माण, कार्यकारिणी समितिको विस्तार, भातृ संगठन निर्माणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न