जसपाको प्रस्तावबारे लोसपाले छलफल गर्दै
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एकता र गठबन्धनका लागि पटक पटक लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई आग्रह गर्दै आइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एकताका लागि छुट्टाछुट्टै अनौपचारिक रुपमा प्रस्ताव गर्दै आएका हुन् । त्यसको बारेमा छलफल गर्नका लागि आज लोसपाले बैठक बोलाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा सोमबार दिउँसो बस्ने शीर्ष नेताको बैठकले त्यस विषयमा धारणा तय गर्ने एक नेताले बताए । लोसपासमक्ष एकताका लागि औपचारिक प्रस्ताव नआएपनि विभिन्न स्रोतबाट नेता समक्ष कुराहरु आइरहेका हुनाले त्यसको विषयमा के गर्ने नगर्ने विषयमा नेताहरुले आज छलफल गर्ने बताइएको छ ।
अगामी चुनावमा कुनै न कुनै दलसँग गठबन्धन गर्ने योजना लोसपाको छ । तर कुन दलसँग कसरी गर्ने त्यस विषयमा पनि लोसपाले आज छलफल गर्ने बताइएको छ । लोसपाले पाँच दलीय गठबन्धन भत्काएर नयाँ लोकतान्त्रिक गठबन्धन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएको छ । लोसपाका शीर्ष नेताले प्रधानमन्त्री देउवासँगको हरेक भेटमा नयाँ गठबन्धन बनाउन आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री देउवाले भने लोसपालाई अहिलेकै पाँच दलीय गठबन्धनमा आउन आग्रह गर्दै आइरहेका छन् । तर लोसपा पाँच दलीय गठबन्धनमा सहभागी हुने इच्छा देखाएको छैन ।
साथै आजको बैठकमा लोसपाको केन्द्रीय समिति निर्माण, कार्यकारिणी समितिको विस्तार, भातृ संगठन निर्माणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण