बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

सोमबार, ०६ असार २०७९, १३ : ३६
सोमबार, ०६ असार २०७९

झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय वीरबहादुर गोले आइतवार मृतावस्थामा फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय  शुक्रबहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप