बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘छोडपत्र’ निर्देशन गर्दै दीपा

सोमबार, ०६ असार २०७९, १२ : १४
सोमबार, ०६ असार २०७९

‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।

‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो  । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ । रोहितको पूर्ण लगानीमा बन्ने फिल्म कमेडी जनरामै निर्माण हुन लागेको हो । जसको कथामा डिभोर्सका बिषयबस्तु छनौट गरिएको बताइन्छ ।
‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’ जस्ता तीन व्यवसायी फिल्म दिएकी दीपाको यो फिल्मको कलाकार प्राविधिक छनौटको क्रममा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप