कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन
सोमबार, ०६ असार २०७९, १२ : ०७
कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष गोविन्द प्रसाद महतो, वडा सदस्य रुद्र बहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का