काठमाडौंमा बंगलादेशी फेसनको स्वाद
‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो ।
राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । जसमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरियो ।
सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसन शैलीहरुमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठजना युवती तथा चारजना युवा मोडलको उक्त फेसन शो प्रस्तुती पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा
-
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल
-
सर्लाहीमा दलित – गैरदलितको सहकार्यमा सीताराम महायज्ञ
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न