सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सोमबार, ०६ असार २०७९, ११ : १०
सोमबार, ०६ असार २०७९

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका–४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए ।  जिपसहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप